आज १२ सय २१ नयाँ संक्रमित थपिए

विराटनगर, १४ भदौ । नेपालमा आइतबार थप १ हजार २२१ जना नयाँ काेराेना संक्रमितहरू थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ३४८ महिला र ८७३ पुरुष गरी थप १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको १२ हजार ७१७ जनाको परीक्षणमा थप १२ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै काेराेना संक्रमितकाे संख्या ३८ हजार ५६१ पुगेकाे छ । संक्रमितमध्ये सक्रिय संक्रमितकाे संख्या १७ हजार ५१८ रहेकाे छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २० हजार ८२२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २६७ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

कोरोना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या भने २२१ पुगेकाे छ । आइतबार एकैदिन १४ जनाकाे ज्यान गएकाे मन्त्रालयले जनाएकाे छ ।

Loading...