आज थप २६७ जनाले जिते कोरोना

विराटनगर, १४ भदौ । आइतबार थप २६७ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई परास्त गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस ब्रिफिङका क्रममा थप २६७ जना संक्रमणमुक्त भएको जानकारी दिएको हो ।

यससँगै कोरोनामुक्त हुनेको संख्या २० हजार ८२२ पुगेको छ । कुल संक्रमितमध्ये ५४ प्रतिशतले काेराेना जितेका हुन् ।

आज ३४८ महिला र ८७३ पुरुष गरी थप १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितकाे संख्या ३८ हजार ५६१ पुगेकाे छ ।

कोरोना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या भने २२१ पुगेकाे छ । आइतबार एकैदिन १४ जनाकाे ज्यान गएकाे मन्त्रालयले जनाएकाे छ ।

Loading...