Rumpum

Rumpum Advertisement

आर्सनलसँग पराजित भएपछि भान डाइकले लगाए यस्तो आरोप

आर्सनलसँग पराजित भएपछि भान डाइकले लगाए यस्तो आरोप

एजेन्सी, १४ भदौ । एफए कम्युनिटी शिल्ड फुटबलको उपाधि भिडन्तमा लिभरपुल आर्सनलसँग स्तब्ध बन्यो । शनिबार राति भएको फाइनल खेलमा लिभरपुलमाथि पेनाल्टी सुटआउटमा जित निकाल्दै आर्सनलले उपाधि जितेको थियो ।

वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा आर्सनलले पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो । खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।

जसमा, आर्सनलले लिभरपुलमाथि ५–४ गोलको जित निकाल्दै बाजी मार्‍यो । यस खेलपछि लिभरपुलका स्टार डिफेन्डर भर्जिल भान डाइकले भने टोलीमाथि आरोप लगाएका छन् ।

खेलपछि बोल्ने क्रममा नेदरल्याण्डका भान डाइकले कमजोर प्रदर्शनका कारण आर्सनलसँग पराजित हुनु परेको भन्दै आरोप लगाएका हुन् ।

‘मेरो विचारमा उनीहरूको मुख्य मौका नै गोल थियो । यो राम्रो अन्त्य थियो तर खेलमा हामीले अझ राम्रो गर्नुपर्ने थियो । हाम्रो कमजोर प्रदर्शनका कारण निराश बन्यौं । पहिलो गोल नै हुन दिनु हुँदैन थियो । औबामेयाङको दाहिने खुट्टामा गोल आउन दिनु हुँदैन थियो तर उनले गोल पाएपछि उनले राम्रो समाप्त गरेका थिए,’ उनले भने ।

‘खेल अवधिभर हामीले राम्रो खेलेका थियौं, उनीहरूलाई दवावमा राखेका थियाैं, धेरै मौका सिर्जना गरेका थियौं । तर, पेनाल्टीमा उनीहरूको भाग्य चम्कियो । हामी निराश छौं तर अगाडि बढ्न छोड्ने छैनौं । पक्कै पनि हामी जित्न चाहन्छौं,’ उनले थपे ।