Rumpum

Rumpum Advertisement

प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

बुटवल, १४ भदौ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना भएका एक कोरोना संक्रमितको आज अपराह्न मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको आज १२ः३० बजे उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि आज बिहान ४ः३५ बजे अस्पतालको फिभर क्लिनिकमा स्वास्थ्य जाँच र पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएपछि सोही क्लिनिकको आइसोलेसनमा भर्ना भएका संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

कोरोना संक्रमित मृतकमा दीर्घरोगका रुपमा मुटुरोग, मधुमेह र उच्च रक्तचाप रहेको अस्पतालले जनाएको छ । यससँगै रुपन्देहीमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुने नौजना पुगेका छन् ।