राजेशपायल राईको ‘खै के भयो’ सार्वजनिक

काठमाडौ, १४ भदौ । चर्चित गायक राजेश पायल राईको आवाजमा खै के भयो सार्वजनिक भएको छ । रमेश मगरको शब्द संगीतमा तयार भएको गीत सन्तोष डुमी अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो ।

केही वर्षदेखि वैदेशिक रोजगारीका क्रममा दक्षिण कोरियामा बसोवास गर्दै आएका गीतकार रमेश मगरले सुस्त हावा, नसम्झाऊ अतितका ती तीता पललगायतका गीतमा शब्द संगीत दिइसकेका छन् ।

सार्वजनिक गीतलाई राजु कार्कीले संगीत संयोजन गरेका हुन् । चर्चित प्रांकस्टार एलिस राई, नग्मा श्रेष्ठ, निनाहाङ राई अभिनित गीतको भिडियोलाई धन खालिङ र श्री थापाले खिचेका हुन् भने धन खालिङले नै सम्पादन गरेका हुन् ।

आफूले मन पराएको सबै कुरा पाउन सकिन्न भन्ने सन्देश दिन खोजिएको यस भिडियोलाई किशन भुषालले कोरियोग्राफी गरेका हुन् । जस्केको क्रियसनको प्रोडक्सनमा तयार भिडियोलाई गायक तथा संगीतकार सन्तोष डुमीले निर्देशन गरेका हुन् ।

Loading...