वुल्भसका डिफेन्डर डोहर्टी टोटनह्याममा

एजेन्सी, १४ भदौ । टोटनह्याम हटस्परले प्रिमियर लिग प्रतिद्वन्द्वी क्लब वुल्भसका डिफेन्डर माट डोहर्टी अनुबन्ध गरेको छ ।

आइतबार टोटनह्यामले आयरल्याण्डका २८ वर्षीय डोहर्टी भित्र्याएको जानकारी दिएको हो । टोटनह्यामले आफ्नो आधिकारिक वेबसाइटमार्फत् डोहर्टीसँग चार वर्षका लागि सम्झौता गरेको जानकारी दिएको छ ।

जोसे मौरिन्होको क्लब टोटनह्यामले १५ मिलियन युरोमा उनलाई भित्र्याएको हो । अब, डोहर्टीले टोटनह्याममा २ नम्बरको जर्सी लगाउने बताइएको छ ।

डोहर्टीले २०१८ मा प्रिमियर लिग फर्किएका उनले वुल्भसबाट ९५ खेल खेलेका छन् । जसमा उनले १५ गोल र १५ असिस्ट गरेका छन् ।

Loading...