मिलानसँग सम्झौता थप्दै इब्राहिमोभिक

एजेन्सी, १४ भदौ । स्वीडिस खेलाडी ज्लाटान इब्राहिमोभिकले इटालियन क्लब एसी मिलानसँग सम्झौथा थप्ने भएका छन् ।

जनवरी २०२० मा ६ महिनाका लागि सम्झौता गर्दै मिलान फर्किएका ३८ वर्षीय इब्राहिमोभिकले पुनः सान सिरोबाट सिरोमा सम्झौता लम्ब्याउने भएका हुन् ।

सम्झौता नवीकरणका लागि उनी शनिबार इटालीको राजधानी फर्किएका छन् । उनी प्रि–सिजनको तयारीमा रहेको मिलानको टोलीमा फर्किएका छन् ।

यससँगै उनले थप एक वर्ष मिलानमा रहने संकेत गरेका छन् । यता, मिलानटेक्निकल डाइरेक्टर पाउलो माल्डिनीले पनि इब्राहिमोभिकसँग क्लबले चाँडै नै सम्झौता थप्ने जनाएका छन् ।

इब्राहिमोभिकले अघिल्लो सिजन १८ खेल खेल्दा १० गोल गरेका थिए । २०२०–२१ को सिजन आगामी १२ सेप्टेम्बरबाट सुरु हुँदैछ ।

Loading...