Rumpum

Rumpum Advertisement

सुनसरीमा १७ जना नयाँ संक्रमित थपिए

सुनसरीमा १७ जना नयाँ संक्रमित थपिए

धरान, १४ भदौ । सुनसरीमा आइतबार १७ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । धरानका चार जना, इहटरीका ७ जना, इनरुवाका ६ जना गरी सुनसरीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेक्युरिटीमा कार्यरत ३८ वर्षीय पुरुष, प्रतिष्ठानकै कर्मचारी ४७ वर्षीय पुरुष, धरान–१८ का ५२ वर्षीय पुरुष, धरान–१० पुतली लाइन बस्ने प्रतिष्ठानको स्टाफ क्वाटरमा आउजाउ गरी रहने एक जना ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै इटहरी उपमहानगरपालिकामा थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १० भदौमा गरिएको स्वाब परीक्षणमा थप सात जनाको रिपोर्ट पोजेटिभ आएको इटहरी अस्पतालले जनाएको छ ।

संक्रमित हुनेहरूमा इटहरी–२ का ४२ वर्षीय पुरुष, इटहरी–५ का ३४ वर्षीय पुरुष इटहरी–६ का ४३ वर्षीया महिला इटहरी–९ का ११ महिने बालिका २४ वर्षीय पुरुष, इटहरी–२० का १० वर्षीया बालिका र २० बर्षीया महिला रहेका छन् ।

यसैगरी इनरुवा नगरपालिकामा पनि आज थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरूमा इनरुवामा एक जना महिला र पाँच जना पुरुष गरी छ जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।

योसँगै सुनसरीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या छ सय १९ पुगेको छ भने दुई सय ५० जना निको भइसकेका छन् ।