बलात्कार अभियोगमा चार पक्राउ

कैलाली, १४ भदौ । कैलाली जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जानकी–९ खैरीफाँटाका दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारा रहेका इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनले पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई आइतबार पक्राउ गरेको बताए ।

Loading...