Rumpum

Rumpum Advertisement

होम आइसोलेसनमै संक्रमितको मृत्यु

होम आइसोलेसनमै संक्रमितको मृत्यु

भक्तपुर, १४ भदौ । उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस संक्रमित एक पुरुषको होम आइसोलेसनमै गए राति मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका–१ दूधपाटीका संक्रमित ६५ वर्षीयको होम आइसोलेसनमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते उनको पीसीआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा संक्रमण पुष्टि भएपछि अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेसनमै राख्ने बताएपछि संक्रमित घरमै बसेका थिए ।

वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वास्थ्यकर्मीले संक्रमितलाई अस्पताल लैजान अनुरोध गर्दा परिवारले उनले एक्लै खान नसक्ने भएकाले घरमै राख्ने जनाएको थियो । नेपाली सेनाको टोलीले शव आज व्यवस्थापन गर्ने नेपाली सेना वीरदल गणका गणपति शिव पौडेलले जानकारी दिए ।

यसअघि पाटन अस्पतालमा शनिबार बिहान मध्यपुरथिमि नगरपालिका नगदेशकी ६२ वर्षीया एक संक्रमितको मृत्यु भएको थियो । भक्तपुरमा हालसम्म चार महिला र तीन पुरुष गरी सात कोरोना संक्रमितको मृत्यु भएको छ ।