धरानमा थप दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर, १४ भदौ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकै दिन दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार बिहान धरान १७ का दुईजना संक्रमितको मृत्यु भएको हो ।

उपचारका लागि शनिबार राति धर्ना भएकी ७४ वर्षिय महिला र ६० वर्षिय पुरूषकाे मृत्यु भएकाे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

मृतक दुबैमा अत्याधिक खोकी, उच्च ज्वरो र श्वासप्रश्वासको समस्या रहेको प्रवक्ता डाक्टर सापकोटाले बताए ।

मृतक दुई जनालाई शनिबार बेलुका अस्पताल लगिएको थियो ।

Loading...