संक्रमितको घरघरमा नेकपा वडा कमिटी

विराटनगर, १४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर–८ ले कोरोना संक्रमण भई होम आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थाबारे शनिबार जानकारी लिएको छ । वडाका संक्रमितको घरघरमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक औषधि वितरण गरिएको वडा कमिटी अध्यक्ष राम पोखरेलले बताए ।

होम आइसोलेसनमा रहेकाहरुसँगै सम्पर्कमा आएकाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिइएको छ । संक्रमितको अवस्थाबारे जानकारी लिएपछि समस्या भएकालाई तत्काल अस्पताल लैजान सहज हुने अध्यक्ष पोखरेलले बताए । नेकपा विराटनगर–८ ले तेस्रो चरणको अभियानअन्तर्गत होम आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थासँगै १६ वटा घरको निर्मलीकरण गरिएको जनाएको छ । बलुवाही, विश्वकर्माचोक, जिम्दार टोल र राजवंशी टोलका २०० घरमा निर्मलीकरण कार्य सम्पन्न गरिएको उनले जानकारी दिए ।

होम आइसोलेसनमा रहेका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको वडा सहइन्चार्ज सरस्वती ओझाले बताइन् । वडाकमिटी अध्यक्ष पोखरेल, सचिव ज्ञानबहादुर कार्की, सदस्यहरु भुवन राजवंशी, सीताराम राजवंशी, अशोक राजवंशी, राकेश राजवंशी, सन्तोष राजवंशीलगायतकोे सक्रिय सहभागितामा होम आइसोलेसनमा रहेकाहरुको स्वास्थ्य अवस्थाबारे नियमित जानकारी लिनुका साथै निर्मलीकरण अभियान चलाइरहेको हो ।

Loading...