Rumpum

Rumpum Advertisement

बेर्नरको डेब्यू गोल, ब्राइटनसँग चेल्सीको बराबरी

बेर्नरको डेब्यू गोल, ब्राइटनसँग चेल्सीको बराबरी

एजेन्सी, १३ भदौ । प्रि–सिजनअन्तर्गतको क्लब मैत्रीपूर्ण फुटबलमा चेल्सी र ब्राइटनले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा चेल्सी र ब्राइटनले १–१ गोलको बराबरी खेलेका हुन् ।

ब्राइनटनको मैदानमा भएको खेलमा चेल्सीका लागि नयाँ खेलाडी टिमो वेर्नरले गोल गरे भने ब्राइटनका लागि पास्कल ग्रोबले गोल फर्काए ।

खेलको चौथो मिनेटमा यसै सिजन चेल्सी आएका वेर्नरले डेब्यू गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।

खेलको ९०औं मिनेटमा ग्रोबले पेनाल्टीमा गोल गर्दै ब्राइटनलाई बराबरीमा फर्काए ।