लिभरपुललाई हराउँदै आर्सनलले जित्यो कम्युनिटी शिल्डको उपाधि

एजेन्सी, १३ भदौ । आर्सनलले एफए कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा लिभरपुलमाथि पेनाल्टी सुटआउटमा जित निकाल्दै आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको हो ।

वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा आर्सनलले पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै उपाधि जितेको हो ।

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा, आर्सनलले लिभरपुलमाथि ५–४ गोलको जित निकाल्दै सिजनको दोस्रो उपाधि जित्यो ।

खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएको थियो । आर्सनलका पेइर्रे–इमरिक औबामेयाङले एक गोल गरेका थिए भने लिभरपुलका लागि ताकुमी मिनामिनोले गोल गरे ।

खेलमा आर्सनलले सुरुआती अग्रता बनाएको थियो । खेलको १२औं मिनेटमा बुकायो साकाको पासमा औबामेयाङले गोल गर्दै आर्सनललाई पहिलो हाफभरि अग्रता दिलाए ।

यस्तै खेलको ७३औं मिनेटमा मिनामिनोले गोल गरेपछि लिभरपुल बराबरीमा फर्कियो ।

तर, खेलकाे बाँकी समय दुवै टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएकाे हाे ।

जसमा आर्सनलका औबामेयाङ, डेभिड लुइज, केड्रिक स्वारेज, रेइस नेल्सन र यन्स्ले माइटल्याण्ड-नाइलले गोल गरे ।

यता, लिभरपुलका माेहम्मद सालाह, फाबिन्हाे, मिनामिनाे र कर्टिन जोन्सले गाेल गर्दा रियान ब्रेस्टरले मिस गरे ।

Loading...