Rumpum

Rumpum Advertisement

नोबेलको इमरजेन्सी खुल्यो, नर्स काममा फर्किए

नोबेलको इमरजेन्सी खुल्यो, नर्स काममा फर्किए

विराटनगर, १३ भदौ । नोबेल शिक्षण अस्पतालको इमर्जेन्सी सेवा सुचारु भएको छ । अस्पतालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि केही दिनयता बन्द रहेको इमरजेन्सी सेवा शुक्रबारबाट पुनः सुचारु भएको हो ।

इमरजेन्सीबाट सबै किसिमका बिरामीको उपचार थालिएको नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले जानकारी दिए । ‘केही दिनयता सेवा प्रभावित भएको थियो । अब इमरजेन्सीबाट पुनः सबै किसिमका बिरामीको उपचार थालेका छौ,’ निर्देशन नेपालले भने ।

यता, समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बन्द भएको नोबेलको ओपीडी पनि खुल्ला भएको छ । ओपीडीबाट पनि नोबेलले बिरामीको उपचार गरिरहेको छ ।

यसैबीच केही दिनअघि सामूहिक राजीनामा दिएका नोबेलको इमरजेन्सी विभागका नर्सहरु पनि काममा फर्किएका छन् । राजीनामा दिएका नर्सहरु र अस्पताल प्रशासनबीच भएको छलफलमा सहमति जुटेपछि २५ जना नर्सहरु काममा फर्किएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।