Rumpum

Rumpum Advertisement

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

विराटनगर, १३ भदौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उसका अनुुसार मुलुकका अरु स्थानमा भने मौसम सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अहिले मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । यस्तै भारतको मध्य प्रदेश तथा आसपासको क्षेत्रमा न्यून चापीय प्रणाली अवस्थित रहेको र उक्त प्रणाली बिस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ । सोही कारण मनसुनी गतिविधि जारी रहे पनि केही कमजोर हुने देखिएको हो ।

वर्षा हुने स्थानमा नदी तथा खोलाहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकोले उच्च सावधानी अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ ।