Rumpum

Rumpum Advertisement

कोरोना संक्रमित महिलाको पाल्पामा मृत्यु

कोरोना संक्रमित महिलाको पाल्पामा मृत्यु

विराटनगर, १३ भदौ । कोरोना संक्रमित पाल्पाको तानसेन नगरपालिका–८ की एक महिलाको उपचारका क्रममा शुक्रबार साँझ मृत्यु भएको छ ।

३० वर्षीया महिलाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको थियो । श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने लगायतका लक्षण देखिएपछि उनलाई भदौ ५ गते उपचारका लागि लगिएको हो । कोरोनाको आशंकामा स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा ७ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्यमा थप समस्या बढ्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । महिलालाई मुटु रोग सम्बन्धी पुरानो समस्या रहेका अस्पतालले जनाएको छ ।