Rumpum

Rumpum Advertisement

नेपाल आइडलको तेस्रो उपाधि मोरङकी सज्जा चौलागाईंलाई

नेपाल आइडलको तेस्रो उपाधि मोरङकी सज्जा चौलागाईंलाई

विराटनगर, १३ भदौ । नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् ।

शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जाले उपाधि उचाल्दा फस्ट रनरअप प्रवीण बेडुवाल बने भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले उचाले । दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन्।

एपी वान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो। प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा, प्रवीण र किरणकुमार पुगेका थिए।

नेपाल आइडल–३ को उपाधिसहित विजेता सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन्।

आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको हो । आइडल प्रोजेक्ट हेड सुरेश पौडेलका अनुसार कोभिड–१९ का कारण ग्रान्ड फिनाले सामान्य तवरमै सञ्चालन गरिएको हो कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्यु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन्। आइडल टिमकै एक जनामा शुक्रबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि आइडल टिमको उपस्थितिमा मात्र कार्यक्रम सम्पन्न भएको हो ।

मोरङ पथरीकी सज्जा नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थालेको थियो । उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रममा प्रशंसा हुने गर्छ। आजको अन्नपूर्ण पोस्टमा समाचार छ