मोरङको बूढीगंगामा नहरमा खसेका युवाको मृत्यु

विराटनगर, १३ भदौ । पानी बगिरहेको नहरमा खसेका मोरङको बूढीगंगा गाउँपालिकाका एक युवकको शुक्रबारराति मृत्यु भएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले नहरमा खसेका बूढीगंगा–५ का २१ वर्षीय ब्रह्मदेव ऋषिदेवको पानीमा डुबेर मृत्यु भएको जानकारी दिए । रातको समयमा नहरको पुल तरेर आफ्नो घरतिर जाने क्रममा कल्भर्टबाट चिप्लिएर ऋषिदेव पानीमा खसेको उनको भनाइ छ ।

डुबिरहेको अवस्थामा प्रहरीले पानीबाट बाहिर निकाल्दै उपचारका लागि बूढीगंगाको टंकीसिनवारीस्थित विराट शिक्षण अस्पतालमा लगेको थियो । चिकित्सकले ऋषिदेवलाई राति १०ः२५ बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जानकारी दिएको छ ।

Loading...