Rumpum

Rumpum Advertisement

विश्वमा संक्रमित संख्या अढाई करोड नजिक

विश्वमा संक्रमित संख्या अढाई करोड नजिक

विराटनगर, १३ भदौ । महामारीको रुप लिएको कोरोना भाइरस संक्रमितको संख्या विश्वमा अढाई करोड नजिक पुगेको छ ।

पछिल्लो २४ घण्टामा दुई लाख ७३ हजार तीन सय ९६ जना नयाँ बिरामी भेटिएसँगै विश्वमा संक्रमित संख्या दुई करोड ४८ लाख ८७ हजार नौ सय ७१ पुगेको हो । एकै दिन पाँच हजार चार सय ५७ जनाको मृत्यु भएपछि कोरोनाका कारण ज्यान गुमाउनेको संख्या विश्वमा आठ लाख ४० हजार चार सय २३ पुगेको छ ।

एक करोड ७२ लाख ७६ हजार दुई सय ७९ जना उपचारपछि कोरोना जित्न सफल भएका छन् । ६७ लाख ७१ हजार दुई सय ६९ जना उपचाररत रहेकोमा ६१ हजार दुई सय ९८ जनाको अवस्था गम्भीर छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमित हुनेको संख्या ६० लाख ९४ हजार एक सय ९४ पुगेको छ । एकै दिन ४७ हजार पाँच सय ६० जना नयाँ संक्रमित थपिए । पछिल्लो २४ घण्टामा एक हजार ६९ जनाले ज्यान गुमाएपछि अमेरिकामा कोरोना पुष्टि भएर मृत्यु हुनेको संख्या एक लाख ८५ हजार आठ सय ६५ पुगेको छ ।

३३ लाख ७१ हजार एक सय ४४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । २५ लाख ३७ हजार एक सय ८५ जना उपचाररत रहेकोमा १६ हजार दुई सय २० जनाको स्वास्थ्य अवस्था खराब छ ।

ब्राजिलमा कोरोनाबाट ३८ लाख १२ हजार छ सय पाँच जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ४८ हजार एक सय १२ जना नयाँ बिरामी थपिए । एकै दिन आठ सय ६८ जनाको मृत्यु भएपछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या एक लाख १९ हजार पाँच सय ९४ पुगेको छ ।

२९ लाख ७६ हजार सात सय ९६ जना उपचारपछि निको भएका छन् । सात लाख १६ हजार दुई सय १५ जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक रहेको वाल्डो मिटरले जनाएको छ ।

नेपालसँग सीमा जोडिएको छिमेकी मुलक भारतमा एकै दिन ७६ हजार छ सय ६५ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म भारतमा ३४ लाख ६१ हजार दुई सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार १९ जनाले ज्यान गुमाएपछि मृत्यु हुनेको संख्या भारतमा ६२ हजार सात सय १३ पुगेको छ । हालसम्म २६ लाख ४७ हजार पाँच सय ३८ जना उपचारपछि कोरोना पराजित गर्दै डिस्चार्ज भएका छन् । सात लाख ५० हजार नौ सय ८९ जना उपचाररत रहेकोमा आठ हजार नौ सय २२ जनाको अवस्था गम्भीर छ ।