Rumpum

Rumpum Advertisement

मोरङकी सज्जा चौलागाईंले जितिन नेपाल आइडल सिजन ३ को उपाधि

मोरङकी सज्जा चौलागाईंले जितिन नेपाल आइडल सिजन ३ को उपाधि

काठमाडौं, १२ भदौ । चर्चित नेपाली रियालिटी सो नेपाल आइडल सिजन–३ को उपाधि मोरङकी सज्जा चौलागाईंले जितेकी छन् ।

शुक्रबार भएको फाइनलमा माेरङ पथरी घर भएकी चौलागाईंले तेस्रो नेपाल आइडलकाे उपाधि जितेकी हुन ।

नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जा तेस्रो सिजनको बिजेता भन्दा प्रवीण बेडुवाल फस्ट रनरअप बने । किरणकुमार भुजेलले सेकेन्ड रनरअप बने ।

दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका थिए ।

एपी वान एचडी टेलिभिजनबाट प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल सर्वाधिक रुचाइएको कार्यक्रम हो ।

नेपाल आइडल–३ को उपाधिसहित विजेता सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । यसैगरी फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।