प्रदेश २ मा एकै दिन पाँच जना संक्रमितको मृत्यु

जनकपुर, १२ भदौ । पछिल्लो २४ घण्टामा प्रदेश २ मा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो अवधीमा ७९ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

मत्यु हुनेमा महोत्तरीका तीन, बारा र सिरहाबाट एकएक गरी पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेशबाट अहिलेसम्म कोरोनाको सङ्क्रमणबाट ७७ जनाको मृत्यु भइसकेको छ ।

सो अवधिमा सप्तरीमा ६, सिरहामा दुई, धनुषा, महोत्तरी र सर्लाहीमा १९÷१९, रौतहटमा २०, बारामा पाँच र पर्सामा एक गरी ७९ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

थपिएका सङ्ख्यासमेत गरी प्रदेशमा सङ्क्रमितको सङ्ख्या नौ हजार ६३० पुगेको छ ।

तीमध्ये आज १५२ जना उपचार गराई निको भएर घर फर्केका छन् । अब उपचार गराई निको भएर घर फर्केनेहरुको सङ्ख्या चार हजार ६४८ पुगेको छ ।

प्रदेशअन्तर्गतका १९६ वटा क्वारेन्टिनमा ७९५ तथा होम क्वारेन्टिनमा दुई हजार ५९१, आइसोलेशनमा एक हजार ५८ र होम आइसोलेशनमा तीन हजार ८४७ जना रहेको सो मन्त्रालयले जनाएको छ ।रासस

Loading...