Rumpum

Rumpum Advertisement

विराटनगरमा इन्धन बोक्ने ट्याङकर बिस्फोट

विराटनगरमा इन्धन बोक्ने ट्याङकर बिस्फोट

विराटनगर, १२ भदौ । विराटनगरमा इन्धन बोक्ने ट्याङकर विष्फोट भएको छ । नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ना ४ ख ७१६६ नम्बरको ट्याङ्कर विष्फोट भएको हो ।

नेपाल आयल निगम प्रदेश १ कार्यालयबाट नजिकै रहेको राम अवतार मोटर्स ग्यारेजमा खाली ट्याङकर विष्फोट हुँदा ट्याङको पछाडीको भागमा क्षति पुगेको छ ।

बेलुका ठूलो आवाजमा बिष्फोटका कारण नजिकै रहेका घरहरु हल्लीएका थिए । ट्याङकर विष्फोट हुँदा छेउछाउका घरमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

ट्यांकरमा इन्धन नभएकाले थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ । नेपाल आयल निगम विराटनगरका सूचना अधिकारी दिवस विष्टले विष्फोट भएको विषयमा कार्यालयलाई जानकारी आइनसकेको बताए ।