काेराेना संक्रमितको शव तीन दिनदेखि अस्पतालमा अलपत्र, आफन्त सम्पर्क बिहीन

विराटनगर,१२ भदाै । कोरोना संक्रमणका कारण ज्यान गुमाएका व्यक्तीका आफन्त सम्पर्क बिहीन भएपछि मृतकको शव अस्पतालमै अलपत्र परेको छ ।

९ भदौं राति विराटनगरको न्यूरो अस्पतालमा ज्यान गुमाएका महोत्तरीका ६१ वर्षिय पुरुषको शव अस्पतालमै अलपत्र परेको हो ।

मृतकका आफन्त सम्पर्क बिहीन छन् । स्थानीय प्रशासन र महोत्तरीमा समन्वय गर्दापनि शव बुझ्ने कोही नआएको अस्पतालले जनाएको छ ।

मृतकको शव अस्पतालकाे शव गृहमा छ । मृतक पुरुषलाई ३१ साउनमा अस्पताल भर्ना गरिएको थियो । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि ३ भदौमा स्वाब संकलन गर्दा आइतबार पोजेटिभ रिपोर्ट आएको थियो ।

पोजेटिभ रिपोर्ट आएपछि संक्रमितको उपचारका लागि अस्पतालले छुट्टै आइसोलेसन कक्षमा राखेको थियो । तर मंगलबार राति मृत्यु भएको हो ।

मृत्युपछि आफन्त नै सम्पर्कमा नआएको अस्पतालले जनाएको छ । अस्पतालका डाइरेक्टर इन्जिनियर रञ्जितराज बस्नेतका अनुसार मृतककको कुरुवाको रुपमा छोरा अस्पताल आएका थिए । तर मृत्युपछि भने छोरा पनि सम्पर्क बिहीन छन् ।

मृत्यु लगतै शव व्यवस्थापनमा स्थानीय प्रशासनसँग आग्रह गरिएपनि ढिलासुस्ती भएको उनले बताए ।

काेराेना संक्रमितकाे शव नेपाली सेनाकाे टाेलीले व्यव्थापन गर्दै आएकाे छ । तर माेरङ र महाेत्तरी प्रशासनबीच समन्वय हुननसक्दा शव तीन दिनदेखी अस्पतालमै अपलत्र परेकाे हाे । माेरङका प्रमुख जिल्ला अधिकारी काेषहरि निराैलाले मृतक व्यक्ति महाेत्तरीकाे बासिन्दा भएकाले शव व्यव्थापन गर्न समन्य भइरहेकाे बताए ।

Loading...