कोभिड-१९ को एन्टिबडी छोटो समयसम्म मात्र रहने

विराटनगर, १२ भदौ । कोभिड-१९ को संक्रमण निको भएसँगै यसलाई प्रतिरोध गर्ने क्षमता केही महिनाभित्र नै हराउँछ ।

सामुदायिक चिकित्सा र सार्वजनिक स्वास्थ्यको अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशीत अध्ययनका अन्वेषकहरूले कोभिड १९ बाट निको भएकाहरू संक्रमणको तीन हप्तादेखि ५ हप्ताभित्र एन्टिबडीहरू गुमाउन थाल्ने पत्ता लगाएका छन् ।

जेजे अस्पतालको सेरो सर्वेक्षणमा कोभिड १९ संक्रमित भएका बिरामीहरूलाई ३ देखि ५ हप्तासम्म परीक्षण गरेका थिए ।

तीन हप्ता समूह रहेका संक्रमितमध्ये ९० प्रतिशतमा एन्टिबडी थियो भने, पाँच हप्ता समूहमा आधा ३८.५ प्रतशतभन्दा कममा एन्टिबडी थियो ।

अध्ययनले लामो वा गम्भीर कोभिड संक्रमण भएका बिरामीहरूको तुलनामा एम्स्टप्टोमेटीक (लक्षण नभएका) बिरामीहरूमा एन्टिबडीको स्तर कम हुने देखाएको छ ।

लक्षणसहित लामो समयसम्म रोग लागेका बिरामीहरूमा कम्तिमा तीनदेखि चार महिनासम्म एन्टबडी हुने बताइएको छ । हङकङमा ४ महिनापछि कोभिड पुनः संक्रमणको पहिलो केस बाहिरिएको कारण कोभिड एन्टिबडीहरूको बारेमा यो समय व्यापक रूपमा छलफल भइरहेको छ ।

कोरोना भाइरस प्रतिरोधात्मक क्षमता छोटो समयका लागि मात्र हुने हुँदा कोरोना भाइरसले सामान्य रुघाखोकी र फ्लू जस्तै मानिसहरूलाई वार्षिक आधारमा संक्रमित गर्न सक्ने शंका उत्पन्न भएको छ ।

Loading...