पीएसजीका सिल्भा चेल्सीमा

एजेन्सी, १२ भदौ । ब्राजिलियन डिफेन्डर थियागो सिल्भा इंग्लिस क्लब चेल्सीमा अनुबन्ध भएका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का कप्तानसमेत रहेका सिल्भालाई चेल्सीले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

चेल्सीले सिल्भालाई अनुबन्ध गरेको सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाएको छ । ३५ वर्षीय सिल्भाले बुधबार मात्र आधिकारिक रूपमा पेरिस क्लब पीएसजी छोडेको जानकारी दिएका थिए ।

सन् २०१२ मा फ्रान्सको राजधानी पेरिस आएका उनले आठ वर्ष पीएसजी बसाइ बिट मार्दै चेल्सी गएका हुन् ।

आठ वर्षअघि इटालियन क्लब एसी मिलानबाट पीएसजी आएका उनले सात पटक लिग वानको उपाधि जिते । उनले पीएसजी बसाइका क्रममा २३ वटा उपाधिहरू जितेका छन् ।

Loading...