Rumpum Advertisement

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५ पुग्यो, आज १२ जनाको मृत्यु

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५ पुग्यो, आज १२ जनाको मृत्यु

विराटनगर, १२ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या १९५ पुगेको छ ।

शुक्रबार थप १२ जनाको मृत्यु भएसँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमका अनुसार पछिल्लो २४ घण्टामा ८ पुरुष र ४ महिला गरी १२ जनाकाे ज्यान गएकाे जानकारी दिए ।

उनका अनुसार माेरङका २ जना, भक्तपुर र मकवानपुरका एक-एक जना महिलाकाे मृत्यु भएकाे छ ।

यस्तै उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका एक-एक जना पुरुषकाे ज्यान गएकाे छ ।

आज ३३४ महिला र ५९३ पुरुष गरी थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ ।

कोरोनामुक्त हुनेको संख्या २० हजार २४२ पुगेको छ । शुक्रबार थप १६९ जना कोरोना संक्रमित निको भएका छन् ।