काठमाडौं उपत्यकामा आज एकै दिन ४१५ जनामा संक्रमण पुष्टि

काठमाडौं, १२ भदौ । काठमाडौं उपत्यकामा शुक्रबार थप ४१५ जना नयाँ कोरोना संक्रमित थएिका छन् ।

पछिल्लो २४ घण्टामा उपत्यकामा थप ४१५ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

बिहीबार थपिएका संक्रमितहरू काठमाडौंका ३५० जना, ललितपुरका ११ जना र भक्तपुरका ५४ जना रहेका छन् ।

यसअघि बिहीबार थप ३७७ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । बिहीबार थपिएका संक्रमितहरू काठमाडौंका २७० जना, ललितपुरका ६६ जना र भक्तपुरका ४१ जना थिए ।

बुधबार ३०१ जना नयाँ कोरोना संक्रमित थएिका थिए । बुधबार थपिएका संक्रमितहरू काठमाडौंका २ सय ३० जना, ललितपुरका ४७ जना र भक्तपुरका २४ जना रहेका थिए ।

त्यसअघि मंगलबार काठमाडौंमा १७७, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जना गरी २३२ जनामा संक्रमण देखिएको थियो ।

सोमबार काठमाडौंमा २२४ जनामा संक्रमण पुष्टि भएको थियो, जसमध्ये काठमाडौंमा १७७ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जना नयाँ संक्रमित थपिएका थिए ।

Loading...