Rumpum

Rumpum Advertisement

शुक्रबार ९२७ नयाँ संक्रमित थपिए

शुक्रबार ९२७ नयाँ संक्रमित थपिए

विराटनगर, १२ भदौ । नेपालमा शुक्रबार एकै दिन थप ९२७ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज ३३४ महिला र ५९३ पुरुष गरी थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

विभिन्न ३९ प्रयोगशालामा गरिएको १० हजार २२९ जनाको परीक्षणमा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यससँगै काेरोना संक्रमितकाे संख्या ३६ हजार ४६५ पुगेकाे छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या २० हजार २४२ पुगेको छ । शुक्रबार थप १६९ जना कोरोना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १२ जनाकाे मृत्यु भएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १९५ पुगेकाे छ ।