प्रदेश १ मा ७४ संक्रमित थपिए, एकै दिन चारजनाको मृत्यु

विराटनगर, १२ भदौ । प्रदेश १ मा ७४ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लाे २४ घण्टामा सुनसरीमा ४१, मोरङ र झापामा १४–१४, संखुवासभामा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २ गरी ७४ संक्रमित थपिएका हुन ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा चारजनाको मृत्यु भएको छ । मृतक मध्ये दुईजना प्रदेश २ का छन् । एकजना झापा र एकजना मोरङका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शुक्रबार सुनसरीको इनरुवामा ६ महिला १४ पुरुष, धरानमा ५ महिला ४ पुरुष, इटहरीमा ५ पुरुष, देवानगञ्जमा २ महिला २ पुरुष, कोशी गाउँपालिकामा ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा २ महिला ५ पुरुष, लेटाङमा १ महिला २ पुरुष, सुन्दरहरैचा र रंगेलीमा २–२ पुरुषमा संक्रमण देखिएको छ ।

झापाकाे कमल गाउँपालिकामा २ महिला ७ पुरुष, मेचीनगरमा ३ पुरुष, हल्दीबारीमा १ पुरुष, शिवसताक्षीमा १ महिला, संखुवासभाको पाँचखपनमा १ पुरुष, खाँदबारीमा १ महिला, पाँचथरको फाल्गुनन्दमा १ पुरुष र प्रदेश १ बाहिरका १ महिला १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ४६ पुगेको छ । प्रदेश १ मा आज २० जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ र विराटनगर अस्पताल आईसोलेसन केन्द्रबाट २ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा १ हजार ५१६ जना डिस्चार्ज भएका छन् ।

एकै दिन चारजनाको मृत्यु

पछिल्लो २४ घण्टामा प्रदेश १ मा चारजनाको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एकजना र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकजनाको मृत्यु भएको हो ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा सिरहाको लहान घर भई विराटनगर बस्दै आएकी ६५ वर्षीय महिलाको आज मृत्यु भएको केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा.दीपक सिग्देलले बताए ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको शुक्रबार बिहान मृत्यु भएको हो ।

मृत्यु हुनेमा झापाका एक वृद्ध पुरुष र मोरङकी एक महिला रहेका छन् ।

उपचारका क्रममा झापाको कमल गाउँपालिका–३ का ८३ वर्षीय वृद्धको शुक्रबार बिहान ३ः४५ बजेतिर मृत्यु भएको हो । मोरङ बेलबारीकी महिलाको पनि बिहान ३ ः१५ मा मृत्यु भएको हो ।

विपीमा बिहीबार बेलुका सिरहाका ५५ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

Loading...