थप १६९ जना कोरोना संक्रमणमुक्त

थप १६९ जना कोरोना संक्रमणमुक्त

विराटनगर, १२ भदौ । शुक्रबार थप १६९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस ब्रिफिङका क्रममा थप १६९ जनामा संक्रमणमुक्त भएको जानकारी दिएको हो ।

यससँगै कोरोनामुक्त हुनेको संख्या २० हजार २४२ पुगेको छ ।

आज ३३४ महिला र ५९३ पुरुष गरी थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ ।

पछिल्लो २४ घण्टामा १२ जनाकाे मृत्यु भएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १९५ पुगेकाे छ ।