मैदानमा आफ्ना बच्चा नल्याउन खेलाडीलाई ला लिगाको सुझाव

मैदानमा आफ्ना बच्चा नल्याउन खेलाडीलाई ला लिगाको सुझाव

एजेन्सी, १२ भदौ । नयाँ सिजन २०२०–२१ को सिजनमा आफ्ना बच्चा मैदानमा नल्याउन ला लिगाले खेलाडीहरूलाई सुझाव दिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम हुने भएकाले नयाँ सिजनमा आफ्ना बच्चा मैदानमा नल्याउन ला लिगाले शीर्ष डिभिजन र दोस्रो डिभिजनका खेलाडीहरूलाई सुझाव दिएको हो ।

कोरोनाको स्वास्थ्यसम्बन्धी प्रोटोकलको १७ देखि ६९ पेजमा महामारी रहुञ्जेल आफ्ना ३ वर्षसम्मका सन्तानलाई मैदानमा ल्याउन नपाउने नियम रहेको बताइएको छ ।

जोखिम हुने भएका कारण यो सिजनमा साना बालबालिककालाई आफ्नो साथमा नल्याउन ला लिगाले आग्रह गरेको हो ।

२०२०-२१ काे ला लिगा १२ सेप्टेम्बरबाट सुरु हुँदैछ । लिग २०२१ मे २३ सम्म सक्ने ला लिगाकाे लक्ष्य छ ।