Rumpum

Rumpum Advertisement

वायु प्रदूषणको सामना गर्नु र उच्च फ्याटयुक्त खाना खानु दुवै हानिकारक

वायु प्रदूषणको सामना गर्नु र उच्च फ्याटयुक्त खाना खानु दुवै हानिकारक

एजेन्सी, १२ भदौ । वायु प्रदूषण भएको ठाउँमा जानु र उच्च-फ्याटयुक्त खाना खानुबराबर हो, जसले तपाईंलाई धेरै स्वास्थ्य जोखिममा पार्न सक्ने अध्ययनले देखाएको छ ।

क्लोनिकल इन्वेस्टिगेशन जर्नलमा प्रकाशित विश्वविद्यालय अस्पताल ह्यारिंग्टनबाट गरिएको अध्ययनमा बेइजिङ वा नयाँ दिल्लीमा प्रदूषित दिनको नक्कल गर्ने वातावरण सृजना गरेपछि वायु प्रदूषणको प्रभावको परीक्षण गरिएको थियो ।

अमेरिकाका एक भारतीय अनुसन्धानकर्ता सञ्जय राजागोपालाका अनुसार वायु प्रदूषण एक जोखिम कारक हो, जसले हृदयसम्बन्धी गम्भीर समस्या वा स्ट्रोक जस्तै केही गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

अध्ययनको लागि वायु प्रदूषणको सूक्ष्म कणहरूलाई केन्द्रित गरिएको थियो, जसलाई पार्टिकुलेट पदार्थ भनिन्छ ।

अटोमोबाइल निकास र अन्य जीवाश्म ईन्धनहरूद्वारा विकसित गरिएको यी कणहरू २.५ माइक्रोनभन्दा कम थिए । यी कणहरू घातक रोगहरूको लागि जोखिमको कारक रहेको अध्ययनको निष्कर्ष रहेको छ ।

माउस मोडेल अध्ययनका लागि, तीन समूहमा विभाजन गरिएको मुसाहरूको पहिलो समूहलाई स्वच्छ फिल्टर हावा, दोस्रो समूहलाई २४ हप्तासम्म वायु प्रदूषणमा र तेस्रो समूहलाई उच्च-फ्याटयुक्त आहार दिइएको थियो ।

दोस्रो र तेस्रो समूहका मुसाहरूले डायबेटिक अवस्थामा देखिने इन्सुलिन प्रतिरोध र असामान्य मेटाबोलिजम देखाए ।

वायु प्रदूषणको सामना गर्नु र उच्च फ्याटयुक्त खाना खानु एकैजस्तो हुने अध्ययनले पत्ता लगाएको छ ।