कंगनाविरुद्ध देश द्रोहको मुद्दा दर्ता

विराटनगर, १२ भदौ । बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध देश द्रोहको मुद्दा दर्ता भएको छ ।

हरियाणास्थित गुरुग्रामस्थित सेक्टर ३७ पुलिस थानामा कंगनाविरुद्ध देश द्रोहको मुद्दा दर्ता भएको हो ।

भारतीय सञ्चारमाध्यका अनुसार कंगनाले देशको आरक्षण व्यवस्थाबारे गरेको टिप्पणीका कारण उनीविरुद्ध देश द्रोहको मुद्दा दर्ता गरिएको हो ।

अखिल भारतीय भीमसेनाका राष्ट्रिय अध्यक्ष सतपाल तंवरले कंगनाविरुद्ध देश द्रोहको मुद्दा दर्ता गराएका हुन् ।  

बलिउड अभिनेत्री कंगना रनावत प्राय: उनको त्रुटिपूर्ण बयानको कारण चर्चामा रहने गर्छिन् । आफूले दिएको टिप्पणीहरूको कारण धेरैचोटपी उनी सोसलमिडियामा ट्रोलसमेत हुने गर्छिन् ।

Loading...