नयाँ सिजनमा इटाली र युरोप मात्र होइन विश्व जित्न तयार छौं : रोनाल्डो

एजेन्सी, १२ भदौ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले नयाँ सिजन २०२०–२१ मा युभेन्टस विश्व जित्न तयार रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत् ३५ वर्षीय रोनाल्डोले नयाँ सिजनमा इटाली र युरोप मात्र नभएर विश्व जित्न तयार रहेको बताएका छन् ।

सन् २०१८ मा रियल मड्रिडबाट युभेन्टसमा अनुबन्ध भएका रोनाल्डोले पछिल्ला दुई वर्षमा दुई सिरी ‘ए’ उपाधि जितेका छन् । २०१९–२० को सिजन सिरी ‘ए’मा ३१ र सबै प्रतियोगिता गरी ३७ गोल गरेका उनले आगामी सिजन विश्व जित्न तयार रहेको बताएका हुन् ।

‘म युभेन्टसबाट तेस्रो सिजनका लागि तयार छु,’ इन्स्टाग्राममा उनले लेखेका छन्, ‘मेरो भावना र आकंक्षा सधैंको जस्तो उच्च छ । गोल, जित, प्रतिवद्धता, समर्पण र व्यावसायिकता । मेरो सम्पूर्ण शक्ति र मेरा सहकर्मी र सबै युभेन्टस स्टाफको अनमोल सहयोगको साथ, हामी फेरि इटाली, युरोप र विश्वलाई जित्न तयार छौं ।’

‘रेकर्ड तोड्दै, अवरोधहरूलाई पार गर्दै, उपाधि जित्ने र व्यक्तिगत लक्ष्यहरू प्राप्त गर्ने, एकपटक र फेरि राम्रो काम गर्ने । उच्चस्तरमा पुग्न र सबै चुनौतीहरूको सामना गरी सफलता प्राप्त गर्न हामी तयार छौं’, उनले लेखेका छन् ।

https://www.instagram.com/p/CEZRFJGApnR/?utm_source=ig_web_copy_link
Loading...