Rumpum

Rumpum Advertisement

शनिबार बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

शनिबार बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं, १२ भदौ । भोलि (शनिबार)का लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएकाे छ ।

१३ भदौ बिहान ११ बजे बस्ने भनिएको नेकपाको सचिवालयको बैठक ५ दिनका लागि सरेको छ । नेकपाकाअध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार छलफल गरेर शनिबारको बैठक १८ गतेसम्मका लागि स्थगित गरिएको हो ।

सो बैठकको कार्यसूची पार्टीमा देखिएको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदन हुने बताइएको छ ।

गत साउन ३० गते पार्टी एकतामा देखिएको विवादको समाधानका लागि महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलले यही भदौ ६ गते दुवै अध्यक्षलाई प्रतिवेदन बुझाइसकेको छ ।