भारतमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित थपिए

भारत, १२ भदौ । भारतमा कोराना भाइरसबाट एकैदिनमा ७७ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा ७७ हजार २६६ जना सङ्क्रमित भएका हुन् । यो संख्या अहिलेसम्मकै धेरै हो ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा एक हजार ५७ जनाको कोरोनाका कारण मृत्यु भएको जनाएको छ ।

भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या ६१ हजार ५२९ पुगेको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट भारतमा अहिलेसम्म झण्डै ३४ लाख मानिस सङ्क्रमित भएका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार देशभरि अहिलेसम्म ३३ लाख ८७ हजार ५०१ जना सङ्क्रमित भएका हुन् ।

कुल सङ्क्रमितमध्ये सात लाख ४२ हजार २३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु २५ लाख ८३ हजार ९४८ जना सङ्क्रमणमुक्त भएका छन् ।

सबैभन्दा धेरै सङ्क्रमितहरु रहेको महाराष्ट्र प्रदेशमा सङ्क्रमितहरूको संख्या एक लाख ७८ हजार ५६१ पुगेको छ ।

त्यसैगरी दोस्रो धेरै प्रभावित रहेको आन्ध्र प्रदेशमा अहिले ९४ हजार २०९ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ ।

Loading...