विनाेद चाैधरीलाई काेराेना संक्रमण पुष्टि

विराटनगर, १२ भदाै । नेपालका उद्याेगपति एवं सांसद विनोद चौधरीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा चौधरीले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

शुक्रबार ट्वीट गर्दै उनले आफूलाई संक्रमण भए पनि कोरोनाको कुनै लक्षण भने नदेखिएको बताए ।

चौधरीले आज बिहान आफ्नो पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ भएको उल्लेख गरेका छन् ।

उनले संक्रमण पुष्टि भएपनि आफूलाई कोरोनाको कुनै लक्षण नदेखिएको र डाक्टरको सल्लाहअनुसार आइसोलेशनमा रहेको जानएका छन् ।

साथै, उनले आफ्नो सम्पर्कमा रहेका सबैजनाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

Loading...