एलिजा र पुष्पको ‘म सास बन्न पाए’ (भिडियोसहित)

विराटनगर, १२ भदौ । म सास बन्न पाए’ बोलको गीत सार्वजनिक भएको छ ।

नरेश रेग्मीको आवाज रहेको गीतलाई एनआर क्रिएसनले युट्युबमा सार्वजनिक गरेको हो ।

वसन्त सापकोटाको शब्द तथा सङ्गीत रहेको गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खडका र एलिजा गौतमको प्रस्तुती रहेको छ ।

शिव विकको निर्देशन र कोरियोग्राफ गरेको भिडियोमा एलिजा र पुष्पलाई पहिलो पटक एकसाथ देखिएको हो ।

सन्जीव बरैलीको संगीत संयोजन रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले छायाङ्कन गरेका हुन् भने भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

Loading...