चिनियाँ कम्पनीको खोप डिसेम्बरमा ल्याउने तयारी, १५ हजार रुपैयाँ मूल्य तोकियो

विराटनगर, १२ भदौ । कोभिड १९ को खोप यही वर्षको अन्त्यसम्म बजारमा आउने भन्दै मूल्यसमेत तोकिएको छ ।

विश्‍वभरका वैज्ञानिकहरू कोभिड १९ को खोपको विकासमा लागिरहँदा चिनियाँ औषधि उत्पादक कम्पनी सिनोफार्मले खोप यही वर्षको डिसेम्बरमा आउने र खोपको मूल्य १ सय ४० डलर पर्ने (नेपाली १५ हजार रुपैयाँ) जति पर्ने जानकारी दिएको छ ।

खोप विकासको चरणमा विश्वभर अन्तिम चरणमा पुगेका ६ खोपमध्ये आधा चिनियाँ खोप हुन् ।

तर, कोरोना भाइरसलाई सफलतापूर्वक नियन्त्रण गरिएको हुँदा चीन आफ्नै देशमा आवश्यकताअनुसार खोप परीक्षण गर्ने अवस्थामा छैन ।

विश्वव्यापी रूपमा खोप परीक्षण गर्नुपर्ने हुँदा कोरोनाभाइरस सङ्क्रमण उच्च भएका स्थान खोजिरहेको हङकङ यूनिभर्सिटी पब्लिक स्कूल अफ हेल्थका प्राध्यापक बेन काउलिङले बताएका छन् ।

“डिसेम्बरसम्ममा बजारमा केही खोपहरू आउन सक्छन् । सन् २०२१ को ग्रीष्मतिर सबै नागरिकलाई कोभिड-१९ को खोप दिन सकिन्छ,” प्राध्यापक काउलिङले भने ।

चीनका एक वरिष्ठ स्वास्थ्य अधिकारीका अनुसार चीनले गत महिनादेखि प्रमुख सरकारी कर्मचारीहरूमाथि खोपको गोप्य परीक्षण गरिरहेको छ ।

चीन सरककारले पनि केही दिनअघि खोपमा भइरहेको प्रगतिबारे जानकारी दिएको थियो । 

Loading...