आमाले विष खुवाउँदा आठ महिने शिशुको मृत्यु

आमाले विष खुवाउँदा आठ महिने शिशुको मृत्यु

कञ्चनपुर, १२ भदौ । कञ्चनपुरमा आमाले विष खुवाउँदा आठ महिने शिशुको मृत्यु भएको छ । पुनर्वास नगरपालिका–१ गणेशबस्तीमा आफ्नै आमाले खुवाएको विषले ८ महिने शिशुको मृत्यु भएको हो ।

२४ वर्षीय निर्मला रानाले आफूसँगै ८ महिने शिशु एलेक्स रानालाई समेत सल्फा नामको विष सेवन गराएकी थिइन् ।

विष सेवनपछि दुवै जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा शुक्रबार बिहान शिशुको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले जानकारी दिए ।

निर्मलाको भने कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।