पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

झापा, १२ भदौ । झापामा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु भएको छ ।

झापाको बिर्तामोड नगरपालिका–७ बस्ने अनवारुल मियाकी १० वर्षीया छोरी अन्सारी खातुनको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

बिहिवार दिउँसो ३ बजेको समयमा घरदेखि नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बालिकाको घटनास्थलमा नै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले यसबारे अनुसन्धान गरिरहेको छ ।

Loading...