अमेरिकामा ६० लाख बढी संक्रमित

विराटनगर, १२ भदौ । विश्वमा कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा ६० लाख बढी संक्रमित भएका छन् ।

एकै दिन ४४ हजार एक सय ५७ जना नयाँ बिरामी थपिएसँगै संक्रमित संख्या ६० लाख ४४ हजार पाँच सय २२ पुगेको हो । अमेरिकामा कोरोनाका कारण एक लाख ८४ जार सात सय ४६ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ९३ जनाले ज्यान गुमाए ।

३३ लाख ४४ हजार आठ सय ७९ जना उपचारपछि निको भएका छन् । २५ लाख १४ हजार आठ सय ९७ जना उपचाररत रहेकोमा १६ हजार तीन सय ७१ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा हालसम्म ३७ लाख ६४ हजार चार सय ९३ जनामा संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा ४२ हजार चार सय ८९ जना नयाँ संक्रमित थपिए । एक लाख १८ हजार सात सय २६ जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन नौ सय ७० जनाको मृत्यु भएको छ ।

२९ लाख ४७ हजार दुई सय ५० जना उपचारपछि कोरोना जित्न सफल भएका छन् । छ लाख ९८ हजार पाँच सय १७ जना उपचार गराई रहेकोमा आठ हजार तीन सय १८ को अवस्था गम्भीर छ ।

भारतमा हालसम्म ३३ लाख ८४ हजार पाँच सय ७५ जना संक्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टामा ७६ हजार आठ सय २६ जना नयाँ संक्रमित थपिए । पछिल्लो २४ घण्टामा एक हजार ६५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या भारतमा ६१ हजार छ सय ९४ पुगेको छ ।

२५ लाख ८३ हजार ६३ जना उपचारपछि कोरोना पराजित गर्न सफल भएका छन् । सात लाख ३९ हजार आठ सय १८ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा हालसम्म दुई करोड ४६ लाख तीन हजार छ सय ८९ जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन दुई लाख ६१ हजार एक सय २९ जना नयाँ बिरामी थपिए । हालसम्म आठ लाख ३४ हजार सात सय ४० जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै पाँच हजार आठ सय २८ जनाले ज्यान गुमाए ।

हालसम्म एक करोड ७० लाख ७३ हजार नौ सय ७२ जना उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन् । ६६ लाख ९४ हजार नौ सय ७७ जना उपचाररत रहेकोमा ६१ हजार पाँच सय ३६ जनाको अवस्था चिन्ताजनक छ ।

Loading...