रोनाल्डोको गोल सिजनकै उत्कृष्ट

एजेन्सी, ११ भदौ । इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ‘यूईएफए गोल अफ दि सिजन’ को अवार्ड जितेका छन् ।

बिहीबार युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय (यूईएफए)ले पोर्चुगिज खेलाडी रोनाल्डोको गोललाई उत्कृष्ट गोल घोषणा गरेको हो ।

यूईएफएले रोनाल्डोको च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगको गोललाई उत्कृष्ट गोल घोषणा गरेको हो । गत ८ अगस्टमा भएको खेलमा रोनाल्डोले लियोनविरुद्ध दुई गोल गरेका थिए ।

रोनाल्डोले पहिलो गोल पेनाल्टीमा गरेका थिए । रोनाल्डोले डिबक्सबाहिरबाट देब्रे खुट्टाले उत्कृष्ट गोल गर्दै लियोनमाथि १–० गोलको जित निकालेका थिए । उनले गरेको दोस्रो गोल नै उत्कृष्ट घोषित भएको हो ।

रोनाल्डोले ‘गोल अफ दि सिजन’को अवार्ड जित्ने क्रममा आरबी लेइपजिगका मार्सल साबिट्जर र सहकर्मी जुआन क्वाड्राडोलाई पछि पारे ।

यस्तै उत्कृष्ट गोलतर्फ चाैथाे स्थानमा बार्सिलोनाका लुइस स्वारेज रहे भने पाँचाैं स्थानमा बायर्न म्युनिखका सर्जी ग्नाब्री रहे ।

https://twitter.com/SuperSportTV/status/1291836410798972930?s=20
Loading...