धरानमा थप एक कोरोना संक्रमितको मृत्यु

धरान, ११ भदौ । धरानमा बिहीबार थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

सिरहा जिल्लाका सिरहा नगरपालिका–१ का ५५ वर्षीय पुरुषको आज साँझा ६ः४५ बजे कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाका अनुसार २० वर्ष अघिदेखि क्षयरोगका बिरामी तथा उच्च रक्तचापका बिरामीसमेत रहेका उनलाई ७ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Loading...