ब्राभो बने टी–ट्वान्टी क्रिकेटमा ५०० विकेट लिने पहिलो बलर

एजेन्सी, ११ भदौ । वेष्ट इन्डिज क्रिकेट टिममा अलराउण्डर ड्वाने ब्राभो टी–ट्वान्टी क्रिकेटमा ५०० विकेट लिने पहिलो बलर बनेका छन् ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत बिहीबार बिहान भएको खेलमा सेन्ट लुसिया जुक्सविरुद्ध २ विकेट लिएपछि ब्राभोले ५ सय विकेटको कोशेढुंगा पूरा गरेका हुन् ।

ब्राभोले ४ सय ५९ टी–ट्वान्टी खेलमा ५ सय विकेट पूरा गरेका हुन् । यस्तै ब्राभोले सीपीएलमा एक सय विकेटसमेत पूरा गरेका छन् ।

ब्राभोबाहेक टी–ट्वान्टी क्रिकेटमा अहिलेसम्म कुनै पनि खेलाडीले ४ सय विकेटसमेत लिन सकेका छैनन् ।

Loading...