Rumpum

Rumpum Advertisement

सडकमा भोकै भौंतारिक रहेकाका भोक मेटाउने अभियानमा युवा अभियन्ता । (भिडियो सहित)

सडकमा भोकै भौंतारिक रहेकाका भोक मेटाउने अभियानमा युवा अभियन्ता । (भिडियो सहित)

विराटनगरका युवा अभियन्ता वसिम आलमको नेतृत्वमा अघि बढिरहेको निःशुुल्क खाना खुवाउने अभियान विराटनगर महानगरपालिका क्षेत्रमा निषेधाज्ञा लागूू भएसँगै पुनः सुरु भएको हो । संक्रमण बढ्न थालेपछि स्थानीय प्रशासनले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण सडक पेटीमा भोकभोकै बसेकाहरुलाई युवाहरुले खाना वितरण गरिरहेका हुन् ।

निःशुुल्क खाना खुवाउने समूहमा तीन महिला र १९ पुुरुष छन् । समूूहमा ४६ वर्षका कर्ण बोखिमदेखि १६ वर्षीय क्रिश्चल आले मगरसम्म सक्रिय छन् ।

कोरोना महामारीसँग डटेर अघि बढ्न सक्ने जोकोही यो समूहमा आएर काम गर्न सक्छन् । युवा समूूहले न कुनै पार्टीको झण्डा बोकेको छ न कुनै संस्थाको ब्यानर । स्वतःस्फूूर्तरुपमा लागिपरेको यो युवा समूूह कोरोना महामारीका कारण सुुरु भएको लकडाउन अवधिमा स्थापना भएको हो । समूूहमा विभिन्न उमेरका युुवाहरु छन्, उनीहरुको आफ्नो छुुट्टै राजनीतिक आस्था छ तर उद्देश्य भने एउटै छ- कोरोना महामारी र लकडाउनको कारण भोकै बसेकाहरुको भोक मोट्ने ।