Rumpum

Rumpum Advertisement

कोरोना संक्रमण भएपछि पोग्बा फ्रान्सको टोलीबाहिर

कोरोना संक्रमण भएपछि पोग्बा फ्रान्सको टोलीबाहिर

एजेन्सी, ११ भदौ । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पल पोग्बालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेलायती मिडिया डेली मेलका अनुसार फ्रान्सेली स्टार पोग्बामा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

२७ वर्षीय पोग्बा कोरोना देखिएपछि फ्रान्सको टोलीबाट समेत बाहिरिएका छन् । यूईएफए नेशन्स लिगका लागि पोग्बा राष्ट्रिय टोलीमा परेका थिए । तर, कोरोना संक्रमण भएपछि पोग्बाको स्थानमा इडुआडो कामाभिंगालाई टोलीमा राखिएको छ ।

फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्पले पोग्बालाई कोरोना संक्रमण भएको पुष्टि गर्दै उनको स्थानमा कामाभिंगालाई टोलीमा बोलाइएको जानकारी दिएका छन् ।

पोग्बा केही समयअघि मात्र लण्डनको एक रेष्टुरेन्टमा आफ्नी गर्भवती पत्निका साथ देखिएका थिए । गत शनिबार उनले आफ्नी पत्नि र केही साथीहरूसँगको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।