Rumpum

Rumpum Advertisement

कास्कीको हेम्जा केन्द्रबिन्दु भएर भूकम्प

कास्कीको हेम्जा केन्द्रबिन्दु भएर भूकम्प

पोखरा, ११ भदाै । कास्कीको हेम्जा केन्द्रविन्द भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले हेम्जा केन्द्रविन्दू भएर आज साँझ पाँच बजेर २७ मिनेटमा ३.१ रेक्टरस्केलको भूकम्प गएको जानकारी दिए ।

भूकम्पको धक्का तनहुँ र लमजुङमा समेत महशुस गरिएको थियो ।

भूकम्पका कारण पोखराका बासिन्दा घरबाहिर निस्केको पोखराका स्थानीयवासी लक्ष्मी पाण्डेले जानकारी दिइन् ।

उक्त भूकम्प विस २०७२ वैशाख १२ को भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।