‘फ्रन्टलाइनरहरू’लाई धन्यवाद दिँदै सुगम र प्रारम्भ (भिडियोसहित)

विराटनगर, ११ भदौ । गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीले फ्रन्टलाइनरहरूलाई ‘धन्यवाद’ दिँदै गीत सार्वजनिक गरेका छन् ।  

गीतलाई प्रारम्भ भण्डारीको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । राजन अधिकारी र सुगम पोखरेलको शब्द रहेको गीतमा सुगम आफैंले सङ्गीत भरेका छन् ।

सार्वजनिक गरिएको गीतको भिडियोमा सुगम पोखरेल र प्रारम्भ भण्डारीलाई पनि देख्न सकिन्छ । एलिन श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोलाई उत्तम हुमागाईँ र असू बस्नेतले छायांकन गरेका छन् भने भिडियोलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।

कोरोना भाइरसले संसार भरका मानिसहरूमा निम्त्याएको डर र त्रासको बेलासमेत रातदिन नभनी खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरू, सम्पूर्ण फ्रन्टलाइन वर्कर्स तथा सहयोगी हातहरूप्रति समर्पित गर्दै गीतमार्फत धन्यवाद दिइएको छ ।

साथै, गीतले यसको विपद अवस्थमा समेत हरेस नखाई सबै मिलेर लड्नुपर्ने सन्देश दिएको छ ।

Loading...